जीटीए प्रमुख अनित थापाको कारणले ३१३ जना शिक्षक शिक्षिकाहरुको घरमा उज्यालो छाएको छ: अनित खाती

IMG-20251225-WA0054

खरसाङ: ३१३ जना शिक्षक शिक्षिकाहरुको नोकरीमा लागेको कालो बादल लागेको थियो र शिक्षक शिक्षिकाहरुको‌ प्रतिष्ठालाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बचाएको युवा शक्तिको केन्द्रीय प्रवक्ता अनित खातीले बताएका छन्। उनले आज एक भिडियो जारी गर्दै शिक्षक जस्तो पवित्र पेशामाथि जुन प्रकारको लाञ्छना र बयानबाजी चलिरहेको थियो। यसलाई कोर्टले शिक्षक शिक्षिकाहरु अवैध होइन भनेर स्टे अर्डर लगाएपछि यस कार्यमा अनित थापाको मुख्य भूमिका रहेको बताएका छन्‌। उनले ३१३ जना शिक्षक शिक्षिकाहरुको पक्षमा अभिभावकको रुपमा खडा भएर ३१३ वटा घरहरु लगायत परिवारहरुमा उज्यालोपन छाएको बताएका छन्‌‌। उनले यसको श्रेय अनित थापालाई दिन्दै यसको लागि सम्पूर्ण युवाहरुको तर्फबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। युवा शक्ति केन्द्रीय प्रवक्ता अनित खातीले यो लडाई जारी रहने र गाँस खोस्नेलाई होइन तर गाँस जुटाउनेकै‌ जीत हुन्छ भनी बताएका छन्। उनले भने, अहिले पहाडमा दानव प्रवृत्ति र मानव प्रवृत्तिमाझ लडाई छ। एकापट्टि जनतालाई नढाँटी राजनीति गर्ने प्रवृत्ति छ भने अर्कोतिर अर्काको आँशु देख्न चाहाने, अर्काको चोट देख्न चाहाने संस्कार छ जुन बन्द गरिनुपर्छ। अहिले पहाड अनित थापाको सोचमा हिँडिरहेछ। अनित थापा यथार्थवादी नेता हुन्। उनकै विचारधारामा हामी अघि बढ्नुपर्छ।’
प्रवक्ता अनित खातीले अघि भने, ‘यहाँ कुनै तथ्यबिना नै नकरात्मक प्रभाव पार्ने कुराहरु मात्र बोल्ने चलन छ। तर यस्ता नकरात्मक प्रभाव पार्ने कुराहरुलाई मास्ने र सक्ने प्रयास गरिनुपर्छ।

About Author

Advertisement