जीटीए‌ प्रमुख अनित थापाको समष्टि सिटोङमा भागोप्रमोको जनसभा

IMG-20260213-WA0090

जीटीएको व्यवस्थामा रहेर सिटोङसँगै समस्त पहाडमा धेरै विकासमूलक कार्यहरु गर्दै आएको छु: अनित थापा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सिटोङ लाटपञ्चर समष्टि स्तरीय चुनावी जनसभा शुक्रवार खरसाङ महकुमा अन्तर्गत सिटोङ ग्राम पञ्चायतको थामडाँडा खेल मैदानमा दानियल मुखियाको अध्यक्षतामा सम्पन्न भयो। उक्त जनसभामा क्षेत्रीय सभासद तथा जीटीए प्रमुख एवं भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। यसैगरी केन्द्रीय समितिको सचिव अमर लामा, मङ्पु लाब्दा समष्टिको भारप्राप्त सभासद रतनकुमार थापा, खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री लगायत विभिन्न भातृ संगठनका नेतृत्ववर्गको उपस्थिति रहेको थियोे। सभालाई सम्बोधन गर्दै २०१७ पछि आफुले जीटीएको व्यवस्थामा रहेर सिटोङसंगै समस्त पहाडमा धेरै विकासमूलक कार्यहरु गर्दै आएको र क्षेत्रको विकासलाई प्रमुखता दिँदै आएको बताए। यसको साथै उनले पहाडको माहोललाई शान्तिपूर्ण अनि गणतान्त्रिक ढाँचामा राखेर सरकारसँग मिलेर काम गरिरहेको बताँउदै पहाडवासीले चारपल्ट गोर्खाल्याण्डको निम्ति भाजपालाई भोट दिएर जिताएर पठाएको हो। त्यसैले गोर्खाल्याण्ड भाजपाले दिनपर्ने उल्लेख गरे। यसरी नै सिटोङले सोचेभन्दा धेरै विकास कार्य यहाँ भईरहेको छ भन्दै आगामी विधानसभा चुनावलाई हाम्रो आफ्नो चुनाव सम्झेर सबैले पार्टीको उम्मेदवारलाई भारी मतले जिताउने आह्वान् गरे।

यसै क्रममा विपक्षी दलको मूल मुद्दा नै अनित थापालाई हराउनु जीटीएको कुर्सीमा बस्नु मात्रै रहेको बताए। वक्तव्यको क्रममा रतन थापा,‌ अमर लामा विज्ञान मिस्राले आगमी चुनावी माहोललाई केन्द्र गरी जनतालाई सचेत अनि जागरुक भएर सही निर्णय लिदै भागोप्रमोको उम्मेदवारलाई भारी मत दिएर विजयी बनाउने अपिल गरेका थिए। उक्त सभामा एण्ड्युहाङ्ग सुब्बाले स्वागत मन्तव्य राखेका थिए भने शेल्पु सिटोङ खण्ड समिति सचिव सत्यम राईले सभा सञ्चालन गरेका थिए।

About Author

Advertisement