जीटीए चुनाव रोक्ने र जीटीए चुनाव अघि स्थायी राजनैतिक समाधानको लागि डायलग ओपेन गर्ने मांगमा युवा मोर्चाद्वारा रिले भोक हडताल शुरु

IMG-20220516-WA0189.jpg

दार्जिलिङ: आजदेखि गोर्खा जनमुक्ति युवा मोर्चाले दार्जिलिङको सिंहमारीस्थित गोजमुमोको केन्द्रीय कार्यालयमा रिले भोक हडताल शुरु गरेका छन्। गोजमुमो अध्यक्ष बिमल गुरुङले १६ मईदेखि दार्जिलिङको चौरास्तामा भोक हडताल बस्ने तर प्रशासनले दिन्छ कि दिन्दैन भनेका थिए। त्यसैले आजदेखि युवा मोर्चाले आफ्नै पार्टीको कार्यालयमा भोक हडताल शुरु गरेका छन्। उक्त रिले भोक हडतालमा पहिलो दिन युवा मोर्चाको ५ जना सदस्यहरू बसेका छन्। युवा मोर्चाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई जीटीए चुनाव रोक्नु पर्ने अपिल गर्दै अनि जीटीए चुनावको अघि नै गोर्खाहरूको स्थायी राजनैतिक समाधानको लागि डायलग ओपेन गर्नु पर्ने जस्ता मांगहरू लिएर रिले भोक हडताल शुरु गरेका छन्।
अाजदेखि गोर्खा जनमुक्ति युवा मोर्चाद्वारा दार्जीलिङको सिंहमारीस्थित पार्टी कार्यालयमा सांकेतिक भोक हड़ताल शुरु गरेका छन् भने उक्त सांकेतिक भोक हडताल जीटीए पूर्ण रुपमा लागू हुनुपर्ने साथै तराई डुवर्सको को ३९६ मैजाहरू पनि गाँभ्नु पर्ने मांग लिएर उक्त सांकेतिक भोक हडताल बसेको जानकारी गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय महासचिव रोशन गिरीले बताएका छन्।

About Author

Advertisement