जीटीए चुनावमा खरसाङ देवराली समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी श्याम शेर्पा बिजय

खरसाङ: खरसाङको २८ नम्बर खरसाङ देवराली समष्टीबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी श्याम शेर्पा बिजय बनेका छन्। भागोप्रमोको प्रार्थी श्याम शेर्पाले ५ हजार ३९ भोट प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्दी हाम्रो पार्टीको बिमल तामाङले २ हजार ९५ मत पाएका छन् भने तेस्रो नम्बरमा निर्दलीय प्रार्थी धर्म गुरु पेम्बा रिम्पोर्छे ( देवभरत लामा ) ले ९ सय ५७ मत प्राप्त गरेका छन्। त्यसरी नै सीपीआईएमको प्रार्थी बन्दना मुखियाले केवल १ सय ६७ मत मात्र प्राप्त गरेका छन्।
आफ्नो जीतप्रति श्याम शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै यो जीत २८ नम्बर समष्टिको जनताको जीत कारण जनताले नै मलाई विस्वास गरेर भारी मतले बिजय बनाएको छ र सबै जनतालाई धन्यवाद दिएका छन्। उनले य जीत मेरो होइन तर २८ नम्बर खरसाङ देवराली समष्टिका सम्पूर्ण जनताको हो भन्दै जनताले मलाई भारी मत दिएर बिजय बनाएकोमा धन्यवाद दिएका छन्। श्याम शेर्पाले पत्रकारहरूसित कुराकानी गर्ने क्रममा जुन विश्वास लिएर पार्टी अध्यक्ष अनित थापाले मलाई जिम्मेवारी दिएको थियो त्यस जिम्मेवारीलाई मैले पूरा गरेको छु भन्दै चुनाव अघि पनि हामीले काम गरेको हो र अब चुनाव सकेर पनि काम गरेर देखाउनेछौं भनी बताएका छन्। शेर्पाले म होइन हामी भएर काम गर्ने बताउँदै म कर्ममा विस्वास गर्ने व्यक्ति रहेको र जनताले मलाई जिताएर ऋण लगाएको र जनताको लागि काम गरेर देखाउनेछु भनी बताएका छन्।

About Author

Advertisement