खरसाङ: नवन्नामा जीटीए प्रमुख कार्यपाल अनित थापा अनि पश्चिम बंगालका मुख्य सचिव डा एचके दुवेदी (आईएएस) माझ बैठक सम्पन्न भएको छ। बैठक करीब दुई घण्टासम्म लामो चलेको जानकारी प्राप्त भएको छ।बैठकमा होम अनि हिल अफियर्स विभागका एडिसनल सेक्रेटरी बीपी गोपालिका (आईएएस) फाइनान्सका एडिसनल सेक्रेटरी मनोज पन्त, जीटीएका मुख्य सचिव एस पुनमबलामको विशेष उपस्थिति पनि रहेको थियो।
प्रमुख कार्यपालको अफिसले दिएका जानकारी अनुसार जीटीएको विभिन्न मुद्दाहरूलाई लिएर बैठकमा चर्चा भएको छ। यसमा राज्य कोषबाट जीटीएले पाउनु पर्ने रहल रकम अनि वर्तमान वित्त वर्षको पहिलो किस्तीको भुक्तानी गर्नु पर्ने विषय, पिएचई अन्तर्गत चलाइएको जल स्वप्न प्रकल्प जीटीएलाई हस्तान्तरण हुनुपर्छ कारण पिएचई विभाग हस्तान्तरण भईसकेको विभाग हो, आरआईडीएफको फण्ड
सबकोअर्डिनेट सेलेक्सन बोर्ड गठनलाई गति दिइनुपर्ने, ग्रुप बी, सी अनि डीमा भर्ना गर्न नियम तयार गर्न, थातीमा रहेको जीटीएको कर्मचारीहरुको निम्ति डिसिआरबी परियोजनालाई अनुमोदन जस्ता विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। त्यसरी नै क्याजुयल, दैनिक रोज, कन्ट्र्याक्टमा काम गर्ने कर्मचारीहरुलाई स्थायीकरण गरिनु पर्ने, दिल्लीमा गोर्खा वेलफेयर सेन्टरको स्थापना, जीटीए क्षेत्रमा टुरिजम डेभलपमेन्ट कोर्पोरेसन स्थापना गर्नु, गिद्दे पहाडमा बनिन्दै गरेको रोपवेलाई पूर्ण गर्नु, मङ्पु ग्रुप डीका कर्मचारीको मुद्दा गत आन्दोलनमा नतिरेको बिजुलीको बिलमा लागेको चार्च माफी, जीटीए क्षेत्रका ११२ ग्राम पञ्चायतहरु अनि ९ पञ्चायत समितिमा, निर्वाचित पञ्चायत सदस्यहरू नभएसम्म अधिकारीको नियुक्ति गरिनु, आवास प्लस योजना अन्तर्गत हुने सर्भे जीटीए क्षेत्रमा आज सम्म भएको छैन। सर्भे चाँडो भन्दा चाँडो गराउने मांग गरिएको छ। त्यसरी नै मिरिक अस्पताललाई महकुमा अस्पतालमा पदोन्नति गर्नु, त्रिवेणी अस्पताललाई सुपर स्पेसियलिटी अस्पताल बनाउनु, एनएचएम भर्ना गरिने जिल्ला स्तर सेलेक्सन समितिमा जीटीएको प्रतिनिधि राखिनु पर्ने, माइनोरिटी अफेयर्स विभागलाई पूर्ण रूपले जीटीएलाई हस्तान्तरण गर्नु पर्ने, जीटीए क्षेत्रको निम्ति पृथक स्कूल सर्भिस कमिशनको स्थापना, प्राथमिक शिक्षकहरूको नियुक्ति अनि भर्नाको नियमलाई अनुमोदन गर्नु, घूम जोरबङलो महाविद्यालयलाई सरकारी सहायता प्राप्त महाविद्यालय बनाउनु, उच्चतर विद्यालयहरूमा प्रधान अध्यापक- अध्यापिकाहरूको नियुक्ति, जीटीए क्षेत्रका स्कूलहरुमा कार्यरत भोलेण्टियर शिक्षकहरुलाई स्थायीकरण गरिनु पर्ने, जीटीए क्षेत्रका १४ वटा स्कूलहरुलाई सरकारी सहायता प्राप्त स्कूलको दर्जा दिनु पर्ने आदि छन्। त्यसरी उक्त बैठकमा उठाइएको कुराहरूमा आपदा प्रबंधन विभागीय मुद्दा, पेदोङमा फ्रोजन सीमेन् बुल स्टेसनको परियोजनालाई अनुमोदन गर्नु आदि जस्ता विषयहरूमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ।









