जीटीए घोटालाको पनि अब चाँडै जाँच हुनेछ: सासंद राजू बिष्ट

photocollage_2022817211550336.jpg

सिलगढी: दिल्लीबाट आफ्नो संसदीय क्षेत्र फर्किंदा आज बाघडुग्रा एयरपोर्ट परिसरमा सांसद राजू बिष्टले तृणमूल काङ्ग्रेसको निक्कै खोइरो खने। तिनले यता, उत्तर बंगालमा पनि ईडी र सीबीआई को टीम अब चाँडै आउने बताए। यसको साथै ७०० करोड़ रूपियाँको जीटीए घोटालाको पनि अब चाँडै जाँच शुरू हुने तिनले दावी गरे। सांसद विष्टले भने, जीटीएमा ७०० करोड़ रूपियाँको घोटाला भएको छ। मुख्यमन्त्रीले जीटीएलाई पहाड़ विकासको लागि ७०० करोड़ रुपियाँ दिएको बताएकी थिइन् तर पहाड़मा केही विकास भएको छैन। पहाडमा ७०० करोड़ रूपियाँ खर्च नभएको तिनले दावी गर्दै यसको घोटाला भएको तिनले आरोप लगाएका छन्। तिनले पत्रकारहरूसितको कुराकानीमा अभ भने गत केही दिन अघिदेखि ईडी-ले लगातार रेड गरिरहेको छ। जसमा नोटहरूको भन्डार फेला पारिसकेको छ। आम जनताको चोरेको रूपियाँ अहिले बाहिन निक्लिइँदैछ। यसैगरी, दार्जिलिङ मेल गत १५ अगस्तदेखि हल्दीबाडीबाट चल्न शुरू भए तापनि सिलगढीका कतिपय सङ्घ संस्थानहरूले यसको विरोध गरेपछि तिनीहरूको मागलाई ध्यानमा राखेर फेरि रेल मन्त्रीसित भेट गरेर यो ट्रेन पुनः सिलगढीबाट नै चलाउने बारे कुराकानी गर्ने अनि हल्दीबाडीबाट अन्य नयाँ ट्रेन शुरू गर्ने तिनले बताए।

About Author

Advertisement