दार्जिलिङ: हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन समतिद्वारा जीटीए पर्यटन विभागका कार्यकारी सभासद नोर्देन शेर्पा अनि डीआई फण्ड अनि पुल विभागीय कार्यकारी सभासद उदय देवानलाई एक कार्यक्रमबीच सम्मान जनाएका छन्। यसको साथै दुवै विभागीय सभासदहरुलाई आ-आफ्नो विभागमा भविष्यमा असल कार्य गरेर लाने समितिले शुभकामना पनि प्रकट गरेका छन्।
कार्यक्रमपछि संगठनको प्रतिनिधि एसएन प्रधानले पत्रकाहरुलाई सम्बोधन गर्दै आज पर्यटन बिभागका अनि डी आई फण्ड अनि पूल विभागका दुई कार्यकारी सभासदहरुलाई संगठनको तर्फबाट सम्मान जनाइएको बताए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीए सभाको पर्यटन विभागका कार्यकारी सभासद नोर्देन शेर्पाले पहाड़को पर्यटकीय स्थलहरूलाई नवीकरण गरिने बताएका छन्। उनले दार्जिलिङ पहाड़मा सबै डामाडोल अवस्थामा छ र आफुले पदभार लिएको बेसी भएको छैन, त्यसैले आफ्नो कार्यकाल अवधिमा आगामी पाँच वर्षको समयमा सबै जीटीए क्षेत्रको पर्यटकीय क्षेत्रहरूलाई नवीकरण गरिने बताएका छन्।










