जीटीए क्षेत्रका विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि आरक्षण दिइने

IMG-20240218-WA0214.jpg

दार्जीलिङ: जीटीए क्षेत्रका विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि सुनौलो अवसर रहेको जीटीए प्रमुख अनित थापाले विज्ञप्तिमार्फत् बताएका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्रका विद्यार्थीहरूलाई पश्चिम बंगाल अनि सिक्किमका कलेजहरूमा भर्नाको निम्ति आरक्षण दिइएको छ। आरक्षणका पदहरू सीमित रहेका छन्। त्यसैले समयमा आवेदन भर्नु होला भनी जीटीए प्रमुख अनित थापाले अपिल गरेका छन्। इच्छुक अनि योग्य विद्यार्थीहरूले शिक्षा विभाग, जीटीएमा मियाद सक्न अघि नै आवेदन पठाउन निवेदन अनित थापाले गरेका छन्।

About Author

Advertisement