जीटीए कार्यालयको बोर्डहरु नेपाली भाषामा लेखिनु शुरु

IMG-20250416-WA0175

दार्जिलिङ: आज बुधबारदेखि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधीनस्थ रहेको कार्यालयहरुमा कार्यालयको बोर्डहरु नेपाली भाषामा देखिन थालेको छ। स्मरण रहोस् गत पहिलो वैशाखको महोत्सवमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले पहाडको प्रत्येक कार्यालय, पसलहरुमा राखिएको बोर्डहरु नेपाली भाषामा लेखिनु पर्ने आदेश जारी गरेका थिए। यसैलाइ आधिकारिक बयान मानिलिएर आजदेखि नै प्राथमिक शिक्षा विभागको अधिनस्थ रहेका कार्यालयहरुमा बोर्डहरु नेपाली भाषामा टाँसिन शुरु गरिएको प्राथमिक शिक्षा विभागको प्रभारी सभासद एंव गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान राजेस चौहानले जनाएका छन्। उनले आगामी साताभित्र प्राथमिक शिक्षा विभागको प्रत्येक कार्यालयहरुमा नेपाली भाषामा लेखिने कार्य सिद्दिएपछि प्रत्येक प्राथमिक पाठशालाहरूमा यो अभियान शुरु गरिने बताएका छन्।

About Author

Advertisement