खरसाङ: खरसाङको वार्ड नम्बर १० बुध्द ग्राममा रहेको सुरभि परिवारको रजत जयन्तीको अवसरमा आज किड्स म्याराथनको आयोजना गरिएको। सुरभि परिवार र जीटीएको सहयोगमा आयोजित उक्त म्याराथन कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। बोइस र गर्ल्स गरेर चारवटा क्याटोगरीमा आयोजित उक्त म्याराथन खरसाङको मन्टिभियट खेल मैदानबाट शुरु गरिएको छ। यस म्याराथनलाई जीटीए प्रमुख अनित थापाको विशेष उपस्थितिमा क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, नारी शक्तिका खरसाङ महकुमा समितिको सभापति सबिता कार्की, २८ नम्बर समष्टिको सभापति सुष्मा मुखिया, पूर्व पार्षदिका डोल्मा जिम्बा, सुरभि परिवारको सभापति रिता प्रधान आदिको बाहुलीबाट झण्डा देखाएर शुरु गरिएको थियो। यस अवसरमा खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङ, खरसाङ स्टेडियम निर्माण समितिको सभापति छिरिङ खाईबा, सञ्जय छेत्री लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। यस किड्स म्याराथनमा खरसाङ क्षेत्रका नानीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए। उक्त म्याराथन अन्तर्गत ९ देखि १२ वर्षको उमेर समूहका बाल बालिकाहरुलाई मन्टिभियट खेल मैदानबाट शुरु गरेर बाईपास रोड हुँदै पंखाबारी रोड भएर मोटर स्ट्याण्ड हुँदै पार्क लोकेशनबाट पुनः मन्टिभियट खेल मैदानसम्म ३ किलोमिटरको गरिएको थियो भने ६ देखि ९ वर्षसम्मको बाल बालिकाहरुलाई बाइपास रोडसम्म पुगेर मन्टिभियट खेल मैदानसम्म आयोजना गरिएको थियो। यस म्याराथनमा चारवटै वर्गका बाल बालिकाहरुलाई प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमैले ५ हजार, ३ हजार र २ हजार रुपियाँसहित मेडल, प्रमाण पत्र र टिसर्ट प्रदान गरिएको छ। त्यसरी नै फिनिसिङ लाइनसम्म पुग्ने बाल बालिकाहरुलाई मेडल, प्रमाण पत्र र टि सर्ट प्रदान गरिएको छ।

खरसाङको वार्ड नम्बर १०, बुध्द ग्राममा रहेको सुरभि परिवारको रजत जयन्तीको अवसरमा आयोजित किड्स म्याराथन चारवटा वर्गमा आयोजना गरिएको थियो। यसमा ६ देखि ९ वर्षसम्मको बालिकाहरुको समूहमा प्रथम दिया थामी, दोस्रो दिव्यान्सी राई, तेस्रो रिध्दी तामाङ चयन भएका छन्। त्यसरी नै ६ देखि ९ वर्षसम्मको बालकहरुको समूहमा प्रथम टेरेन्स मोक्तान, दोस्रो कर्म वाङ्गेल तामाङ र एलेक्स थापा भएका छन्। यस क्रममा १० देखि १२ वर्ष उमेर समूहको बालिकाहरुमा प्रथम सुहाना बानु, दोस्रो दिव्या आकांक्षा अधिकारी र स्वैपा साङ्मु तामाङ अनि बालकहरुको १० देखि १२ वर्षको उमेर समूहमा कुशल राई, दोस्रो सेवन राई र तेस्रो रावन्त खवास भएका छन्। यसै कार्यक्रममा जीटीएको प्रमुख कार्यपाल अनित थापा र क्षेत्रीय सभासद श्याम शेर्पालाई सुरभि परिवारको तर्फबाट सम्वर्द्धना जनाइएको छ। खरसाङको वार्ड नम्बर १० को बुध्द ग्राममा रहेको सुरभि परिवारको रजत जयन्तीको अवसरमा आयोजित किड्स म्याराथन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले वार्ड नम्बर १० बुध्द ग्राममा रहेको सुरभि परिवारको रजत जयन्तीको अवसरमा जीटीए प्रमुख अनित थापाको सहयोगमा किड्स म्याराथनको आयोजना गरिएको बताउँदै यो म्याराथन चारवटा वर्गमा आयोजना गरिएको जानकारी गराएका छन्। उनले यस किड्स म्याराथनको उद्देश्य नानीहरुमा शारीरिक रुपमा स्वास्थ्य राख्नु साथै खेलकूदप्रति आकर्षित गराउनु रहेको बताएका छन्। उनले अहिले नानीहरुको विन्टरको छुट्टी शुरु भएको छ र नानीहरुलाई मोबाइल फोनदेखि टाडा राख्नु साथै शारीरिक रुपमा स्वास्थ्य राख्नु र खेलकूदप्रति आकर्षित गराउनु रहेको बताएका छन्। उनले यस किड्स म्याराथनमा खरसाङ क्षेत्रका नानीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएको पनि बताएका छन्।









