हामीलाई गोर्खाल्याण्डबाहेक अरू केही चाहिँदैन: अजय एडवर्डस्
दार्जिलिङ: हामीलाई गोर्खाल्याण्डबाहेक केही चाहिन्दैन। गोर्खाल्याण्ड गोर्खाहरूको माग हो। गोर्खाल्याण्ड मागको सन्देश भोलि हामी इन्टरलोक्युटर पंकज कुमार सिंह समक्ष पुराउनेछौं भनी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले बताएका छन।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको कर्मी सभा आज सम्पन्न भयो। यस कर्मी सभामा पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डस विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवास, पूर्व आईपीएस अधिकारी नर्बु छिरिङ लगायत अन्य केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। कर्मी सभालाई सम्बोधन गर्ने क्रममा आईजीजेएफ केन्द्रीय संयोजक अजय एडवर्डसले ‘वी वान्ट गोर्खाल्याण्ड’ को नारा लगाउँदै यो नारा अनि गोर्खाल्याण्डको माग समस्त भारतीय गोर्खाहरूको हो भनी बताएका छन्। उनले भने, ‘भोलि जीटीए सभाको विपक्षी सभासदहरू इन्टरलोक्युटर पंकज कुमार सिंहसंग भेट गर्न जाँदैछौ।इन्टरलोक्युटर सिंहसंगको भेटवार्तामा हामी भारतीय गोर्खाहरूको दीर्धकालिन माग अलग राज्य गोर्खाल्याण्डको कुरा राख्ने छौं। अलग राज्य गोर्खाल्याण्डको गठनले मात्र भारतीय गोर्खाहरूको दीर्धकालिन समस्याको समाधान हुनेछ। हामीले अलग राज्य गोर्खाल्याण्ड बाहेक अरू केही चाहिँदैन। राज्यभित्रको कुनै पनि व्यवस्थाहरूले गोर्खाहरूको समस्याको समाधान हुँदैन। त्यसकारण हामीलाई अलग राज्य गोर्खाल्याण्ड चाहिन्छ।उनले अझ भने, इन्टरलोक्युटर पंकज कुमार सिंह समक्ष हामी अलग राज्य गोर्खाल्याण्डबाहेक अरू कुनै कुरा राख्ने छैनौँ साथै इन्टरलोक्युटर सिंहलाई भारतीय गोर्खाहरूको दीर्धकालिन माग अलग राज्य गोर्खाल्याण्डको माग केन्द्र सरकार समक्ष पुराई दिने हामी अनूरोध गर्ने छौँ। अलग राज्य गोर्खाल्याण्डको माग पहाड तराई डुवर्स साथै भारतभरि छरिएर बसेको भारतीय गोर्खाहरूको माग हो।’









