सोनादा: रंगबुल धोतरिया रंगमुक समष्टि अन्तर्गत मुण्डाकोठी ग्राम पञ्चायतको नवनिर्मित कार्यालय भवनको उदघाटन गरिएको छ। उक्त नवनिर्मित भवनको उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान राजेस चौहान र मुण्डाकोठी ग्राम पञ्चायतको पञ्चायत प्रधान सरस्वती सुब्बा तामाङको बाहुलीबाट उदघाटन गरिएको छ। यो पञ्चायत भवन उदघाटनसितै रंगबुल धोतरिया रंगमुक समष्टिभित्र रहेको तीनवटैे ग्राम पञ्चायतको पञ्चायत कार्यालय निर्माण गरिएपछि उदघाटन पनि गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जिलिङ अभियान्त्रिकी विभागबाट निर्मित मुण्डकोठी ग्राम पञ्चायतको भवन उदघाटन कार्यक्रममा उप प्रधान भरत सुब्बा, अभियन्ता रवि राई, पञ्चायत सदस्यहरु लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस पञ्चायत कार्यालयको उदघाटन कार्यक्रममा बोल्दै जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानले भने, २०२२ मा जीटीए चुनाव भएको बेलामा हामीले वाचा गरे अनुसार ग्रामीण क्षेत्रमा रहेका संवैधानिक व्यवस्था अनुसार पञ्चायत चुनाव गराएर काम गर्ने अनि त्यो पुरा गरेका छौँ। त्यसै अनुरुप पहाडको विभिन्न ग्रामीण क्षेत्रहरुको विकास हुनुको साथै विभिन्न ग्राम पञ्चायत कार्यालयहरु पनि निर्माण गरिएको छ। यसै अन्तर्गत रंगबुल धोतरिया रंगमुक समष्टिभित्र पर्ने तीनवटा ग्राम पञ्चायत कार्यालयहरुको भवन निर्माण गरेर पनि उदघाटन गरिएको छ। यो भवन अब जनताको भयो र जनताको सम्पत्ति जनताले नै संरक्षण गर्नु पर्ने हुन्छ।’ डेपुटी चेयरम्यान राजेस चौहानले अघि भने, ज जनतामा गरेको वाचा अनुसार काम गरिरहेको र ग्राम पञ्चायत कार्यालयको नयाँ भवन निर्माण गरेर उदघाटनसितै मुण्डाकोठीको मुख्य रोडको पनि मरमत्तिको कार्य शुरु गरिएको छ। अब जनताको समस्याहरु र असुविधालाई ध्यानमा राखेर यो मुख्य रोडको पनि मरमत्तिको कार्य शुरु गरिएको छ। यसबाट स्थानीयहरुलाई धेरै सुविधा पुग्नेछ।’

यसको साथै आज नै मुण्डाकोठी रोडको पनि निर्माण कार्य शुरु गरिएको छ। उक्त रोडको मरमत्तिको कार्य जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, स्थानीय प्रतिनिधिहरु र विभागीय अधिकारीहरु उपस्थित भएर पूजा अर्चना गरेर शुरु गरिएको छ।








