जीटीएको चुनाव गोर्खा हितमा नभएर बंगालको पक्षमा हो र चुनाव बहिष्कार गरौं: क्रामाकपा

IMG-20220621-WA0224.jpg

खरसाङ: जीटीएको चुनाव गोर्खा हितमा नभएर बंगालको पक्षमा हो र यस चुनावमा मतदान गर्नु खुन दिन्छु तर बंगाल विभाजन हुन दिन्न भन्ने मुख्यमन्त्री ममता ब्यानर्जीको वक्तव्यलाई मदत पु-्याउनु हो भनी क्रामाकपाले बताएको छ। जीटीए चुनावमा भाग लिने दलहरु पिञ्जराका सुगाहरु हुन् र जीटीए विरुद्ध हुने गोर्खाल्यान्ड चाहने जनताले चुनाव बहिष्कार गरौं, यो व्यवस्था किन गोर्खा र पहाड तराई डुवर्सको हितमा छैन भन्ने बुँदाहरु उल्लेखित पोस्टर आज क्रामाकपाले राजमार्ग १० अन्तर्गत कालिझोडामा व्यापक रुपमा पोस्टरिङ गरेका छन्।

क्रामाकपा कालिझोडा शाखा सभापति दिलु लोहार, सचिव पुरण बसोर, युवा संयोजक विकास ठकुरीको अगुवाईमा पोस्टर गरियो। जनसाधारणलाई बंगालमुखी राजनैतिक दलहरुको लोलोपोतो र झूलो आश्वासनमा नपर्ने पनि अनुरोध गरियो। विकासको कुरा गर्ने यो बंगाल प्रेमी दलहरुले आजसम्म कुनै निकासीमूलक कामको सिन्को भाँच्नको छैन। १० वर्षको तृणमूल र अन्य दलहरुले कालिझोडाका जनताको निम्ति पर्जा पट्टा दिलाउन सकेनँ। हाईवेका मानिसहरु सिटोङ जस्तो दुर्गम क्षेत्रमा पञ्चायत अफिस धाउनु पर्छ, झूठो आश्वासनमा राजनीतिक रोटी सेक्ने दल र नेताहरुलाई जनताले भोट हाल्नु खोलामा ढुङ्गा हान्नु बराबर हो भनी क्रामाकपाको शाखा सचिव पुरण बसोरले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।

About Author

Advertisement