जीएसटी अधिकारीको परिचय दिएर वसुली गर्ने ३ जना पक्राउ

Screenshot_20240220_180559_Chrome.jpg

सिलगढी: जीएसटी अधिकारीको परिचय दिएर वसुली गरेको आरोपमा एनजेपी पुलिसले 3 जना व्यक्तिलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा पार्थ घोष, रूपेश तिर्की, शुभोजीत घोष सामेल छन्। तिनीहरू सबैजना बाघडुग्रा निवासी हुन्। प्राप्त जानकारी अनुसार आज बिहान पुलिसले फुलबारी इलाकामा अभियान चलाएर उक्त ३ जना आरोपीलाई पक्राउ गरेको बताइएको छ। आरोप अनुसार पक्रा परेका ३ जना व्यक्तिले प्रायःजसो जीएसटी अधिकारी बनेर वसुली गर्ने गरेको एनजेपी थाना पुलिसले खबर पाएपछि तिनीहरूको खोजी शुरू गरिरहेको थियो। यसै क्रममा आज बिहान पुलिसले खबर पाउनसाथ फुलबारी इलाकामा अभियान चलाएर ३ जनालाई पक्राउ गरेको बताइएको छ।

About Author

Advertisement