जिल्ला सहकारी विकास समितिको बैठक सम्पन्न

IMG-20230811-WA0374.jpg

गान्तोकः पहिलो जिल्ला सहकारी विकास समितिको एक सभा पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको अध्यक्षतामा सम्पन्न भयो। पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल (विकास) को प्रेक्षागृहमा सम्पन्न भएको सभामा अतिरिक्त जिल्लापाल रबिन सेवा, अतिरिक्त निर्देशक लगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

जिल्ला सहकारी विकास समिति गठन गरिनुको उद्देश्य नयाँ बहुउद्देश्यीय प्राथमिक कृषि ऋण समिति, प्राथमिक दुग्ध तथा मत्स्यपालन सहकारी संस्थाहरू स्थापना गर्न र प्राथमिकतालाई आवश्यक सबै पूर्वाधार र लजिस्टिक सहयोग उपलब्ध गराएर जिल्ला योजना तयार गर्नु रहेको थियो।

बैठकमा जिल्लापाल छोपेलले समितिको कार्यसम्पादनको बारेमा जानकारी लिँदै यो योजनाहरूलाई प्रभावकारीढङ्गमा कार्यान्वयन गर्न सुझाउ दिए। यस अवसरमा जिल्ला सहकारी विकास समिति अन्तर्गत कार्यान्वयन भइरहेको विभिन्न एजेन्डा र योजनाहरूमाथि विभागकी उप रजिस्ट्रार रञ्जना अधिकारीले संक्षिप्तरूपमा जानकारी गराइन्।

About Author

Advertisement