जिल्ला प्रशासन टोलीद्वारा पैह्रो प्रभावित क्षेत्रको निरीक्षणपैह्रोको चपेटमा परे वाहनहरु

IMG-20250729-WA0152

गान्तोक: गत केही दिन अघिदेखि भइरहेको अविरल वर्षाले गान्तोक जिल्लाका विभिन्न ठाउँमा व्यापक क्षति पुऱ्याएको घटना प्रकाशमा आएको छ। यसक्रममा गान्तोक जिल्लाका अतिरिक्त जिल्लापाल सिसुम वाङचुक भोटियाले उक्त पैह्रोग्रस्त क्षेत्रको निरीक्षण गरी क्षयक्षतिबारे जायजा लिए। निरीक्षणको क्रममा अतिरिक्त जिल्लापालको टोलीले तादोङ पाँच माईलस्थित लुम्से ग्यास गोदाम परिसरको निरीक्षण गरेको थियो। उक्त ठाउँमा स्थानीयबासी बिनिता खवासको घरलाई क्षति पारेको जानकारी आएको थियो। निरीक्षणको क्रममा अतिरिक्त जिल्लापालले पीडब्ल्यूडी विभागका अधिकारीहरूलाई उक्त घरलाई सुरक्षित राख्नको निम्ति तिरपाल प्रदान गर्दै अझ हुने क्षतिबाट जोगाउन वैकल्पिक तयारी गर्ने निर्देश दिए। यसबीच प्रभावित घर छेउका ढल्न लाखेका रूखहरू काट्नुपर्ने निर्देश दिएका छन्। सोही क्रममा तादोङ डाँडागाउँमा मिङमा शेर्पाको घरलाई पनि अविरल वर्षाले क्षति पारेको जानकारी आएको छ। तत्काल बचाउ कार्यको लागि प्रशासनले तिरपाल प्रदान गर्दै जमीन ढाक्ने निर्देश गरेको छ। शेर्पाको घर छेउमा गएको पैह्रोको चपेटमा परि एउटा अल्टो कार र दुईवटा स्कूटर क्षतिग्रस्त भएको छ। अतिरिक्त जिल्लापालले उक्त सडक सफा गरेर वाहनहरूको आवाजाहीलाई सुचारूपमा सञ्चालन गर्न निर्देश दिएका छन्।

यसरी नै नामनाङमा पनि पैह्रोले क्षति बनाएको खबर छ। यहाँ पानी आपूर्ति पाइपमा पैह्रोले क्षति पुर्यााएको छ। यसबीच क्षेत्र विधायक एवं ग्रामीण प्रबन्धन विकास विभागका मन्त्री अरूण उप्रेतीले पनि उक्त प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए। मन्त्री उप्रेतीले शीघ्र पानीको आपूर्ति पुनर्स्थापित गर्ने निर्देश दिएका छन्। सोही क्रममा मन्त्री उप्रेतीले देउराली, स्यारी डिपार्टमेन्ट स्टोरको विपरीत रहेको दुईवटा रूख काट्ने निर्देश दिएका छन्।

About Author

Advertisement