जिल्ला जल अनि स्वच्छतामाथि सभा सम्पन्न

IMG-20220922-WA0185.jpg

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल राघुल के- को अध्यक्षतामा जिल्ला जल अनि स्वच्छतामाथि एक सभा सम्पन्न भयो। जिल्लापाल कार्यालयस्थित जिल्ला पञ्चायत भवनमा सम्पन्न भएको सभामा जेजेएम योजना अन्तर्गत जिल्ला जल अनि स्वच्छता योजनालाई सही ढङ्गमा कार्यान्वयन गरिनु रहेको थियो। यस अवसरमा जेजेएम योजना अन्तर्गत अन्य प्रस्तावहरू पारित गरियो, जस्तै नान्डोक, राङ्का, मार्तम र राक्दोङ तिन्तेकमा ७८ करोडको धनराशि पारित गर्न प्रस्ताव पारित गरिएको छ। जिल्लपालले आज प्रस्ताव राखिएको सबै योजनाहरूलाई नजिकबाट नियाल्दै यसबारेमा खुल्लारूपमा बहस गरे।बहसमा राखिको सुझावलाई उनले आत्मसात गर्दै भविष्यमा यसबारेमा पनि ध्यान दिने बताए।

About Author

Advertisement