जिल्लास्तरीय विज्ञान नाटक प्रतियोगिताको समापन

गान्तोकः गत २९ अगस्तदेखि विद्यार्थीहरूलाई लिएर शुरू गरिएको जिल्लास्तरीय विज्ञान नाटक प्रतियोगिताको आज समापन भयो। सोरेङ सरकारी माध्यमिक विद्यालयमा आयोजित यस प्रतियोगिताको थिम मानव जातिको हितको लागि विज्ञान र प्रविधि रहेको थियो, जसमा पाँच वटा विषय कोदो, सुपर फुड, खाद्य सुरक्षा, दैनिक जीवनमा आधुनिक प्रविधि, स्वास्थ्य हेरचाहमा वर्तमान प्रगति र समाजमा अन्धविश्वास रहेको थियो।

नाटक प्रतियोगितामा रिञ्चेनपोङ विद्यालयले पहिलो स्थान ओगटन सफल बन्यो भने सोरेङ विद्यालय दोस्रो र मंगलबारिया विद्यालय तेस्रो बनेको छ। यस प्रतियोगितामा प्रथम हुनेहरूले आगामा १५ सेप्टेम्बरको दिन आयोजना गरिने राज्यस्तरीय विज्ञान नाटक प्रतियोगितामा सहभागी बन्ने अवसर प्राप्त गरेको छ। सोही प्रकारले राज्यस्तरमा पहिलो हुनेले आगामी २७ सेप्टेम्बरमा आयोजना गरिने इस्टर्न जोनल स्टुडेन्टस ड्रामा प्रतियोगितामा सहभागिता जनाउने छन्।

About Author

Advertisement