जिल्लास्तरीय कला उत्सवको समापन

IMG-20241005-WA0294

पाकिम: पाकिममा जिल्लास्तरीय कला उत्सव आज सम्पन्न भयो। उक्त कार्यक्रम समग्र शिक्षा प्रभागअन्तर्गत पाकिम जिल्लाले अक्टोबर हिजोदेखि शुरु गरेको हो। कार्यक्रममा पाकिम, रंगेली र रम्फू महकुमाका २८ वटा विद्यालयका विद्यार्थीहरुले ६ वटा विभिन्न कला विधामा सहभागिता दिएका थिए। यो कार्यक्रम भारत सरकारको शिक्षा मन्त्रालयले शुरु गरेको हो। विद्यार्थीहरूको प्रतिभालाई प्रोत्साहित गर्न यस प्रकारको कार्यक्रम शुरु गरिएको हो। उक्त वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विभिन्न कलामा रुचि विकास गर्न मञ्च प्रदान गर्दै आएको छ। आजको समापन कार्यक्रममा शिक्षा विभागीय अधिकारी नारायण मिश्र मुख्य अतिथि थिए। कार्यक्रमको महत्वबारे जिल्ला शिक्षा अधिकारी गीता शर्माले बताइन्। मुख्य अतिथि मिश्रले आफ्नो सम्बोधनमा कला उत्सवको उद्देश्यलाई प्रकास पार्दै विद्यार्थीहरूलाई उनीहरूको कलात्मक प्रतिभा विकास गर्न मार्गदर्शन गरिएको जनाए। प्रतियोगितामा विभिन्न विषयहरूमा प्रतियोगिता भएको थियो। आज छनोट भएका विद्यार्थीहरुले राज्यस्तरीय कला उत्सव प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्नेछन्।

About Author

Advertisement