जिल्ला,व्लक र जीपीका कार्यकर्ताहरूलाई लिएर क्षमता विकास कार्यक्रम आयोजित

IMG-20230331-WA0227.jpg

गान्तोक: गान्तोक जिल्लाको निम्ति एसबीएम (जी) अन्तर्गत जिल्ला, ब्लक अनि जीपी कार्यकर्ताहरूलाई लिएर ओडीएफ प्लस अनि स्वच्छ सर्वेक्षण (ग्रामीण) माथि पहिलो एक दिवसीय क्षमता विकास प्रशिक्षण कार्यक्रम आयोजना गरियो। कार्यक्रममा स्वच्छ भारत मिशन ग्रामीणका विशेष सचिव बेणु गुरूङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने अतिरिक्त सचिव कोशी कपिल लगायत विभिन्न विभागका अधिकारीवर्गले सहभागिता जनाएका थिए। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य एसबीएमजीका हितधारकहरूलाई विभिन्न क्षेत्रमा दक्ष बनाएर एसएसजी- २०२३ मा स्केलिङ गर्नका लागि अपनाउनुपर्ने विभिन्न चरण र प्रक्रियाहरू बारे तालिम प्रदान गरिनु रहेको थियो। यो क्षमता विकास तालिम गान्तोक जिल्लाको लागि आयोजना गरिएको हो भने रहल पाँच जिल्लाका लागि पनि शीघ्र आयोजना गरिने भएको छ।

About Author

Advertisement