जिल्लापाल ठटालको नेतृत्वमा सीमावर्ती क्षेत्रको निरीक्षण

IMG-20230511-WA0008.jpg

गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको नेतृत्वमा भू- राजस्व एवं आपदा प्रबन्धन विकास विभाग, वन विभागका अधिकारीहरूलाई लिएर चिवा भञ्ज्याङको भ्रमण गरे। भ्रमण गर्नुको मुख्य सीमावर्ती क्षेत्रमा रहेको वन आरक्षित क्षेत्रको पहिचान गर्नु रहेको थियो। एक दिने भ्रमणमा जिल्लाको वन्य क्षेत्रको पहिचान समेत गरिएको थियो।उक्त क्षेत्रको वन्यस्थल सम्बन्धी मुद्दाहरूको निरीक्षण र प्रमाणीकरण गर्न भ्रमण गरिएको थियो। भ्रमण टोलीले सोरेङतर्फबाट नेपाल–भारत सीमा क्षेत्रमा समेत पुगेर सीमावर्ती क्षेत्र पनि निरीक्षण गरेको जानकारी गराइएको छ।

यस अवसरमा सशस्त्र सीमा बलका डेपुटी कमाण्डेन्ट निरुपेश कुमार लगायत चिवा भञ्ज्याङका अधिकारीहरु पनि सामेल थिए।

About Author

Advertisement