जिल्लापाल एम भरानी कुमारले गरे आपदा प्रभावित क्षेत्रको निरीक्षण

IMG-20220610-WA0171.jpg

गान्तोक। नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमारले हिजो नाम्फिङ ग्राम पञ्चायत यूनिटको आपदा सम्भावित क्षेत्रको निरीक्षण गरे। निरीक्षणको क्रममा महकुमा अधिकारी चिरान रिजाल, खण्ड विकास अधिकारी प्रेम कुमार सुब्बा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षण गरिनुको प्रमुख लक्ष्य र उद्देश्य तार्कु सिङतामको राष्ट्रीय राजमार्गमा रहेका घरहरू खतराको घेरोमा रहेको हुनाले यसले मानव साथै सरकारी सम्पतिको पनि धैरे नष्ट गर्ने प्रबल सम्भावना रहेको हुनाले जोखिम कम गराउन निरीक्षण गरिएको हो। सोही प्रकारले आदर्श गाउँमा पनि आपदाले केही क्षति पुऱ्याएको हुनाले यसको लेखाजोखा गर्दै भविष्यमा यस प्रकारको क्षति हुन नदिनको निम्ति पहल गरिने बताएको छ। सोही प्रकारले टोलीले लोवर नाम्फिङ प्राथमिक पाठशाला, छलामथाङको सामुदायिक भवन र पावर ग्रीड स्टेसन सेन्टरको पनि निरीक्षण गरेको बताइएको छ।

About Author

Advertisement