जिल्लापालले गरे सोरेङ जिल्लाका तीन चाइल्ड केयर इन्स्टीट्यूटको निरीक्षण

schoolPic34062.jpeg.jpg

सोरेङ: जिल्लापाल भीम ठटाल र जिल्ला बाल सुरक्षा एकाईका अधिकारीहरूले आज जिल्लाका तीन चाइल्ड केयर इन्स्टीट्यूटको निरीक्षण गरे। टोलीले च्याखुङको आतिस दिपङ्कर होम, श्रीबदमको लभिङ गर्ल्स चिल्ड्रेन होम र कलुकको चिल्ड्रेन्स होम भ्रमण गरेका छन्। निरीक्षणको क्रममा जिल्लापाल ठटालले संस्थाका केयर टेकरहरूसँग अन्तरक्रिया गरे। उनले संस्थाका नानीहरूको स्थिति र नानीहरूका लागि उपलब्ध पूर्वाधार अनि सुविधाहरूको बारेमा पनि जानकारी लिए। उनले संस्थाका नानीहरूलाई करियर काउन्सिलिङ प्रदान गरिनु पर्ने विषयमाथि बल दिए। यसैगरी, उनले नानीहरूको सुरक्षाका साथै उनीहरूलाई गुणवत्तापूर्ण भोजन प्रदान गरिनु पर्ने र उनीहरूको स्वास्थ्य अनि साफ सफाईमाथि ध्यानु दिन निर्देश दिए। उनले संस्थाका आवश्यकताहरूको बारेमा पनि जानकारी लिए। उनले सम्बन्धित अधिकारीहरूलाई नियमित रूपमा संस्थाको भ्रमण गर्न पनि निर्देश दिए।

About Author

Advertisement