जिल्लापालको नेतृत्वमा स्यारी पैह्रोग्रस्त क्षेत्रको संयुक्त निरीक्षण

IMG-20240715-WA0250

गान्तोक: स्यारी रोडमा गएको पैह्रोको आधिकारिक जायजा लिन संयुक्त निरीक्षण गरियो। गान्तोक जिल्लापाल तुषार निखारेको नेतृत्वमा रहेको टोलीले स्यारी क्षेत्रका विधायक तेन्जिङ लाम्थाको पनि उपस्थिति थियो। साथै वन विभाग टोली, अतिरिक्त मुख्य ईन्जिनियर, सुपरिटेन्डिङ इन्जिनियर, लाग्याप, पावर विभागीय टोली,को पनि सहभागिता थियो। पैहरोले रानीपुलदेखि स्यारी जोड्ने सडकलाई नराम्ररी प्रभावित गरेको छ, ढकालगाँउ, जालीपुलको एक खण्ड भत्किएको छ, सडक क्षतिग्र्सत बनेको छ। पैह्रोको फोहोर नदीमा बगेको छ, जसले सम्भावित अवरोधको चिन्ता बढाएको छ। जालीपुलको पावर क्वार्टर र वरपरका क्षेत्रमा बसोबास गर्ने १६ घरलाई खतरा बनाएको छ। संयुक्त निरीक्षणमा सरकारी क्वार्टर र वरपरका खोला किनारमा बस्ने १६ परिवारलाई विस्थापित गरिने भएको छ। यस कार्यको लागि पावर विभाग र रानीपुलका एसएचओले निगरानी गर्नेछन्। बिजुलीको एउटा पोल पैहोले लथालिङ्ग बनाएको जानकारी छ। सडकको दुबै छेउमा खतरा बढ़ेर गएको छ। वन विभागलाई पैह्रोग्रस्त क्षेत्रमा खतरा हुने रुख हटाउन निर्देशन दिइएको छ। वन, जलस्रोत विभागबीचको समन्वय गरेर प्रभावित परिवारलाई सुरक्षित स्थानमा राखिने तय गरिएको छ। लाग्यापको ढकालगाउँमा विद्युत् विभागको स्वामित्वमा रहेका कतिपय विद्युतीय लाइनहरू स्थानीय बासिन्दाका घरको माथिबाट जड़ान गरेकोले स्थानीय जनतालाई गम्भीर खतरा भएको जानकारी क्षेत्र विधायकले जानकारी दिए। जिल्लापालले यस क्षेत्रको व्यापक समीक्षा गरी थप आवश्यक कारबाहीका लागि प्रतिवेदन पेश गर्न विद्युत विभागलाई निर्देशन दिएका छन्। जालीपुलदेखि स्यारी जोड्ने सडकले सर्वसाधारणलाई असुविधा गरिरहेको हुनाले, जिल्लापालले अधिकारीहरूलाई सुविधाको लागि वैकल्पिक मार्ग पहिचान गर्न निर्देशन दिएका छन्।

About Author

Advertisement