जिल्लापालको निर्देशमा अधिकारीहरूले गरे मल्लीको निरीक्षण

IMG-20240529-WA0249.jpg

गान्तोक: नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेको निर्देशमा आज मल्लीको निरीक्षण गरियो। निरीक्षणको क्रममा वरिष्ठ पुलिस अधिक्षक डा. टीएन ग्याछो, महकुमा अधिकारी मोनिका राई, खण्ड विकास अधिकारी निलकान्त भण्डारी लगायत अन्य अधिकारीहरू सामेल रहेका थिए।विशेष गरेर हाल निरन्तर परेको पानीको कारण टिस्टा नदीको जलास्तरमा तीब्र वृद्धि भएपछि स्थानीयहरूको अवस्थालाई मूल्याङकन गर्न निरीक्षण गरिएको हो। निरीक्षण टोलीले मल्ली ग्राण्डदेखि,यस व्याङ्क लिमिटेड,मल्ली (पश्चिम बंगाल)र भालु खोलामा टिस्टा नदीले प्रभाव पार्न सक्ने र यी स्थानहरू खतरमा रहेको अनुमान गरेका छन्।तराई क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले अहिलेको संकटप्रति चिन्ता व्यक्त गर्दै आफ्नो सुरक्षाको प्रत्याभूतिका लागि विभागले आवश्यक पहल गर्ने आग्रह गरेका छन्।

About Author

Advertisement