जिल्लापालको अध्यक्षतमा जल निकासीलाई लएर महत्पूर्ण सभा सम्पन्न

IMG-20240705-WA0237

गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल धिराज सुवेदीको अध्यक्षतामा आज जल निकासी समस्यालाई लिएर एक महत्वपूर्ण सभा आयोजना गरियो। विशेष गरेर सडकमाथिबाट पानी बग्न थालेपछि यस समस्यालाई न्यून गर्ने उद्देश्यले सभा आयोजना गरिएको हो। उक्त सभामा अतिरिक्त जिल्लापाल डीआर विष्ट, अतिरिक्त जिल्लापाल (विकास) गायस पेगा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभामा विशेष गरेर पानी बग्ने नालाको सही व्यवस्था नभएकोले यसले मानिसहरूको सम्पतिमा क्षति पुग् सम्भावनालाई ध्यानमा राख्दै क्षय क्षति कम गराउनको निम्ति जौटारेखि स्टेडियम कम्पलेक्स हुँदै रानीखोलातिर लैजानुपर्ने विषयमा छलफल गरियो। हालको ढल निकास प्रणालीबाट उत्पन्न समस्या, पानीको बहाव सुधार गर्न विद्यमान ‘झोडा’ को बृद्धि र सतहको बहावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न जल निकास प्रणालीलाई प्राथमिकता दिनुपर्ने सुझाउ राखियो। यस समस्याको समाधान गर्नको निम्ति जिल्लापालको नेतृत्वमा एक समिति गठन गर्नुपर्ने र उक्त समितिले डीपीआर तयार गरेर बुझाउने प्रस्ताव राखियो।

About Author

Advertisement