जिम्बामाथि बर्सिए बजगाँई

अब पहाडमा कसैलाई पनि ढाटेर राजनीति गर्नु दिदिन: बजगाँई

मिरिक: खरसाङका भाजपा विधायक बीपी बजगाईद्वारा दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले दिएको बयानप्रति प्रतिक्रिया दिएका छन्। आज मिरिकमा पत्रकार सम्मेलन बोलाएर विधायक बीपी बजगाई विधायक निरज जिम्बामाथि बर्सिए। उनले अब पहाड़मा कसैलाई पनि ढाटेर राजनीति गर्नु दिँदिन भनी बताएका छन्। उनले ११ जनजाति विषयमा हामी कति छोड़िएका छौं त्यो किटान गरेर भन्न नसकिने त्यसैले जनजाति हुन छोडिएका गोर्खाका सबै समुदाय नै जनजाति बनिनुपर्छ भनी मांग रहेको बताएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै विधायक निरज जिम्बामाथि प्रतिक्रिया दिन्दै भने, “मैले कहिले पनि कसैको नाम काँढ़ेर गाली गरिनँ वा आरोप प्रत्यारोप गरेको घटना छैन तर हिज मेरो सहकर्मी विधायक निरज जिम्बाले मेरो नाम लिएर आरोप लगाएछ। तर १२ अक्टोबरको पहिलो त्रिपक्षीय वार्तामा स्पष्टसित मेरो नाम लिएर जनजातिको मुद्दा अघि लानु भनेर भनिएको थियो। कसले कति काम गरेको छ त्यो म त्यसको डकुमेन्टसित बोल्नेछु। जातिको मुद्दा हो जसले पनि गर्दा हुन्छ तर कसैले पनि नगर्दा पो त म कुदेको हो। मैले जनजातिको लागि आरजीआईमा जानुपर्छ भनेर कतिपल्ट पत्रचार गरे तर कसैले पनि मानेन। म अब बजट सेशनमा दस्तावेजसहित बोल्नेछु।”
खरसाङका भाजपा विधायक बीपी बजगाईले अघि भने, यसपाली चारवटा राज्यमा जनजातिको नाम आउँदा हाम्रो जातिको किन आएन? यसमा भाजपाले गध्दारी गरेको होईन तर यदि कहीं धोका हुँदैछ भने हाम्रै मान्छेहरूबाट धोका हुँदैछ।”

About Author

Advertisement