जिम्बाब्वेविरुद्ध वेष्ट इण्डिजको १०७ रनले एकतर्फी जीत

IMG-20260223-WA0065

मुम्बई: वेष्ट इण्डिजले आईसीसी टी२० वर्ल्ड कपको सुपर ८ राउण्डमा एकतर्फी जीतको साथ शुरुवात गऱ्यो। आइतवार खेलिएको ग्रुप १-को म्याचमा वेष्ट इण्डिजले जिम्बाब्वेलाई सजिलैसँग १०७ रनले पराजित गऱ्यो। वानखेड़े स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाेर २५४ रन बनायो, जुन टुर्नामेण्टको इतिहासमा कुनै पनि टीमले बनाएको दोस्रो सर्वाधिक स्कोर हो। त्यसपछि जिम्बाब्वे १७.४ ओभरमा केवल १४७ रन बनाएर अलआउट भयो। म्याचमा पहिला ब्याटिंग गर्दै दुवै ओपनरलाई सस्तैमा गुमाएपछि वेष्ट इण्डिजको ईनिंग्सलाई शिमरोन हेटमायरले सम्हाले। केवल ५४ रनमा २ विकेटको पतनपछि हेटमायरले रोवम्यान पवेलसँग मिलेर तेस्रो विकेटको निम्ति १२२ रनले पार्टनरशीप गरे। हेटमायरले ७ वटा छक्का र ७ वटा चौकाको सहायताले ३४ बलमा ८५ रन बनाए। यसरी पवेलले ४ वटा छक्का र ४ वटा चौकाको सहायताले ३५ बलमा ५९ रन बनाए। यसबाहेक शेरफेन रदरफोर्डले अविजित ३१ र रोमारियो शेफर्डले २१ रनको योगदान दिए। जिम्बाब्वेका बलरहरूमा रिचार्ड नगारावा र ब्लेसिंग मुजरबानीले २-२ विकेट लिए। म्याच जित्न २५५ रनको कठिन लक्ष्यलाई पीछा गर्दै जिम्बाब्वेले शुरुदेखि नै विकेट गुमाउन थाल्यो। यसैकारण टीम जरूरी रन रेटको नजिक पनि पुग्न सकेन। जिम्बाब्वेको निम्ति आठौं नम्बरमा ब्याटिंग गर्न आउने ब्राड इभान्सले २१ बल खेलेर सर्वाधिक ४३ रन बनाए। उनले ५ वटा छक्का र २ वटा चौका लगाए। यसबाहेक डियोन मयेर्सले २८ र कप्तान सिकन्दर रजाले २७ रनको योगदान दिए। वेष्ट इण्डिजका बलरहरूमा स्पिनर गुडाकेश मोतीले सर्वाधिक ४ विकेट लिए।

About Author

Advertisement