जिम्बाब्वेविरुद्ध दक्षिण अफ्रिकाको ५ विकेटले जीत

IMG-20260302-WA0000

नयाँ दिल्ली: आईसीसी टी२० वर्ल्ड कपमा सुपर ८ चरणको अन्तिम म्याचमा दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ५ विकेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गऱ्यो। दक्षिण अफ्रिकाले अब ४ मार्चमा कलकत्ताको ईडन गार्डन्समा खेलिने पहिलो सेमिफाइनलमा न्यूजील्याण्डको सामना गर्नेछ। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै जिम्बाब्वेले २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनायो। त्यसपछि अफ्रिकाले १७.५ ओभरमै ५ विकेटमा १५४ रनको जीत हासिल गर्यो। म्याच जित्न १५४ रनको लक्ष्यलाई पीछा गर्दै दक्षिण अफ्रिकाको शुरुवात खराब रह्यो अनि १४ रनसम्म २ विकेटको पतन भइसकेको थियो। त्यसपछि डेवाल्स ब्रेविसले रेयान रिकेल्टनसँग मिलेर तेस्रो विकेटको निम्ति २९ र डेविड मिलरसँग मिलेर चौथो विकेटको निम्ति ५० रन जोड़े। ब्रेविसले १८ बलमा ४ वटा छक्का र वटा चौकाको साथ सर्वाधिक ४२ रन बनाए। यसरी रिकेल्टनले ४ वटा छक्काको साथ ३१ रन बनाए जबकि मिलरले २२ रन बनाए। यी तीनजना आउट भएपछि ट्रिस्टन स्टब्स र जर्ज लिण्डेले मिलेर छैटौं विकेटको निम्ति ५३ रनको अटूट पार्टनरशीप गरी टीमलाई जीत दिलाए। स्टब्सले अविजित २१ र लिण्डेले अविजित ३० रन बनाए। जिम्बाब्वेका बलरहरूमा स्पिनर रजाले सर्वाधिक ३ विकेट लिए। यसअघि अरुण जेटली स्टेडियममा पहिला ब्याटिंग गर्दै जिम्बाब्वेको शीर्ष क्रमले आशानुरुप प्रदर्शन गर्न सकेनन्। एक समय स्कोर ८७ रनमै ५ विकेट रहेको थियो। खराब शुरुवातपछि पनि कप्तान रजाले असाधारण ब्याटिंग गरे। उनले ४३ बल खेलेर ८ वटा चौका र ४ वटा चौकाको साथ ७३ रन बनाए। उनले क्लाइव माडाण्डेसँग मिलेर छैटौं विकेटको निम्ति महत्त्वपूर्ण ३९ रन जोड़े। माडाण्डे २६ रनमा अविजित रहे। दक्षिण अफ्रिकी बलरहरूमा क्वेना मफाका र कोर्बिन बशले २-२ विकेट लिए। जिम्बाब्वेका कप्तान सिकन्दर रजालाई उत्कृष्ट अलराउण्ड प्रदर्शनको निम्ति प्लेयर अव् द म्याच चयन गरियो।

About Author

Advertisement