जिम्बाब्वेविरुद्ध उस्मान तारिकको ह्याट्रिकले पाकिस्तान फाइनलमा

IMG-20251124-WA0075

रावलपिण्डी: पाकिस्तानले जिम्बाब्वेलाई ६९ रनले पराजित गरी त्रिदेशीय टी२० टुर्नामेण्टको फाइनलमा स्थान बनायो। आयोजक टीमको यस एकतर्फी जीतमा अफ् स्पिनर उस्मान तारिकको महत्त्वपूर्ण भूमिका रह्यो, जसले ह्याट्रिक गरेर इतिहास रचे। २७ वर्षीय तारिक पाकिस्तानको निम्ति टी२० इण्टरनेशनल प्रारूपमा ह्याट्रिक लिने चौथो बलर बने। यसअघि फहीम अशरफ, मोहम्मद हसनैन र मोहम्मद नवाजले यस उपलब्धिलाई हासिल गरिसकेका छन्। तारिकले जिम्बाब्वेको ईनिंग्सको दशौं ओभरमा यस उपलब्धिलाई हासिल गरे। उनले ओभरको दोस्रो बलमा टोनी मुनयोंगालाई आउट गरे। त्यसपछि तेस्रो बलमा तशिंगा मुसेकिवालाई बोल्ड गरे। ओभरको चौथो बलमा उनले वेलिंग्टन मसाकाद्जालाई आउट गरेर आफ्नो ह्याट्रिक पूरा गरे। त्यसपछि उनले १४औं ओभरमा टिनोटेण्डा मापोसाको विकेट पनि लिए। यसरी तारिकले म्याचमा १८ रन खर्च गरी ४ विकेट लिए। पाकिस्तानको निम्ति फहीम अशरफले २०१७-१८-मा श्रीलंकाविरुद्ध अबु धाबीमा पहिलोपल्ट ह्याट्रिक लिएका थिए। त्यसपछि मोहम्मद हसनैनले २०१९-२०-मा त्यही टीमविरुद्ध लाहौरमा अनि नवाजले यसै साल शारजाहमा अफगानिस्तानविरुद्ध ह्याट्रिक लिएका थिए।

About Author

Advertisement