जितेर पनि टी२० वर्ल्ड कपबाट बाहिर भयो पाकिस्तान

IMG-20260228-WA0120

कोलम्बो: पाकिस्तानले जितेर पनि आईसीसी टी२० वर्ल्ड कपबाट बिदा लियो। पाकिस्तानले शनिवार खेलिएको सुपर ८-को म्याचमा श्रीलंकालाई ५ रनले पराजित गऱ्यो। यस जीतपछि पनि पाकिस्तान नेट रन रेटको आधारमा ग्रुप २-को तेस्रो स्थानमा रहेर टुर्नामेण्टबाट बाहिर भयो। यस ग्रुपबाट ईंग्ल्याण्ड ६ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुग्यो। यसरी न्यूजील्याण्ड ३ पोइण्ट्सको साथ पाकिस्तानभन्दा असल नेट रन रेटको आधारमा सेमिफाइनलमा पुग्यो। पाकिस्तानले पनि ३ पोइण्ट्स हासिल गऱ्यो। आज टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर २१२ रन बनायो। त्यसपछि श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो। नेट रन रेटमा सुधार गरी सेमिफाइनलमा स्थान बनाउन पाकिस्तानले श्रीलंकालाई १४७ रनभित्र रोक्नु पर्ने थियो तर सलमान अली आगाको कप्तानीमा रहने टोलीले त्यस्तो गर्न सकेन। श्रीलंकाको निम्ति कप्तान दासुन शनाकाले अन्तिम ओभरसम्म लड़ाइँ गरे पनि टीमलाई जीत दिलाउन सकेनन्। उनले ३१ बलमा अविजित ७६ रन बनाए, जसमा ८ वटा छक्का र २ वटा चौका सामेल छ। यसबाहेक पवन रत्नायकेले ३७ बलमा ४ वटा चौका र ३ वटा छक्काको सहायताले ५८ रन बनाए। यी दुई बाहेक कामिल मिशाराले २६ र चरिथ असलंकाले २५ रनको योगदान दिए। पाकिस्तानका बलरहरूमा अबरार अहमदले ३ विकेट लिए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै पकिस्तानको निम्ति ओपनर शाहिबजादा फरहानले शतक बनाए। यसको साथ उनी एउटा टी20 वर्ल्ड कपमा २ वटा शतक बनाउने पहिलो क्रिकेटर बने। फरहानले ६० बलमा ९ वटा चौका र ५ वटा छक्काको सहायताले १०० रन बनाए। उनले फखर जमानसँग मिलेर पहिलो विकेटको निम्ति १५.५ ओभरमा १७६ रनको पार्टनरशीप गरे। फखरले ४२ बलमा ९ वटा चौका र ४ वटा छक्काको सहायताले ८४ रन बनाए। यी दुईबीचको पार्टनरशीप तोड़िन साथ पाकिस्तानले लगातार विकेट गुमायो। पाकिस्तानले केवल ३६ रनमा ८ विकेट गुमायो। श्रीलंकाका बलरहरूमा दिलशान मदुशंकाले ३ र दासुन शनाकाले २ विकेट लिए।

About Author

Advertisement