जिटिए चुनावमा विजयी बनेका सभासद अरूण सिगचीलाई सम्मान

22-40-04-ARUN.jpg

मिरिक: भखरै सम्पन्न भएको जीटीएको चुनाउमा सौरेनी २५ नम्बर समष्टिबाट विपुल मत प्राप्त गरेर विजय भएका सभासद अरुण सिग्चीलाई तिनकै वासगृहमा मिरिक मञ्जु चियाबारीको प्राथमिक अनि अप्पर प्राथमिक पाठशालाका सम्पूर्ण शिक्षण कर्मचारीहरूले भेट गरेर बधाई शुभकामना टक्राउँदै संवर्द्धना पत्र प्रदान गरे। यस अवसरमा सभासद अरुण सिगचीले मञ्जु चियाबारी प्राथमिक अनि अप्पर प्राथमिक पाठशाला मिरिक क्षेत्रको मात्र नभएर सम्पूर्ण जीटीए क्षेत्रमा नै उदाहरणको रुपमा रहेको बताउँदै आउँदो दिनहरूमा आफुबाट हुनसक्ने सम्पूर्ण साथ अनि सहयोग पुराउने वाचा गर्दै पाठशाला परिवारलाई यसबारे आश्वस्त गराए।

About Author

Advertisement