जिङ्लाममा बिरुवा रोपन कार्यक्रम सम्पन्न

Jinglam-1

जिङ्लाम: सूर्य फाउण्डेसन आदर्श गाउँ योजनाअन्तर्गत  जिङ्लाम लाइन धुरा/कोठी धुरा बाल संस्कार केन्द्रद्वारा त्यहाँका स्थानीय परिसर घुमान डाँडादेखि कपुर डाँडासम्म बिरुवा रोपन कार्यक्रम आयोजना गरियो। स्थानीय गाँउका सेवा भावी समाज सेवी डीके राईको उपस्थिति साथै सूर्य फाउण्डेसनका शिक्षक बसन्त शर्मा (एजीवाई)अनि अर्का शिक्षक अमित गुरुङ (एजीवाई) साथै विद्यार्थी नानीहरुलाई लिएर उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

सूर्य फाउण्डेसनद्वारा देशको १८ वटा राज्य ४०० गाँउमा यस्ता बिरुवा रोपन कार्यक्रमहरु सम्पन्न भइरहेका छन्। बिरुवा रोपन कार्यक्रम गर्नुको उदेश्य दु:शित पर्यावरणदेखि मानवलाई जोगाउन  साथै मानिस र प्राकृतिसँगको सम्बन्ध अझ प्रगाढ बनोस् उद्देश्यले अनि मानिसलाई सास लिन रुखहरूको अति नै जरुरी पर्ने शिक्षक बसन्त शर्माले बताए। उनले रोपिएका बिरुवालाई बचाउन सम्पूर्ण गाउँवासीहरुले आफ्नो दायित्व सम्झेर हेरचाह गरिगरिदिन भनी उनले सम्पूर्ण उपस्थित मानिसहरुलाई अपिल गरे। उक्त कार्यक्रम विषयमा बोल्दै सेवा भावी डीके राईद्वारा सूर्य फाउण्डेसनले सधैँ शिक्षामूलक,प्रेरणादायक कार्यक्रमहरु गरिरहन्छन्। यस्तो कार्यक्रममा सहभागी बन्न पाएकोमा हर्ष प्रकट गर्दै सबै आयोजक टोली प्रति आभार व्यक्त गरे।

About Author

Advertisement