जामतोला बजार (हाट) लाई मध्य खयेरबारीस्थित कृषि मण्डीमा सारियो

वीरपाडा: मदारीहाट खण्डको बागरी खोला किनारमा वर्षौदेखि लाग्ने जामतोला बजारलाई मदारीहाट लक्ष्मीप्रसाद देवकोटा नेपाली हाईस्कुल नजिकै रहेको मध्य खयेरबारीस्थित कृषि मण्डीमा सारिएको छ| अत्यन्तै महत्वपूर्ण जामतोला बजार हप्तामा दुई पटक सोमबार र शुक्रबार लाग्ने गर्दथ्यो जहॉं होलापाडा, टोटापाडा, दुमसीपाडा, हन्टापाडा, गरगण्डा चियाबारी, बैगुनबाडी लगायत मदारीहाटका प्रायः सबै गाउँका मानिसहरू हाट बजार गर्न आउने गर्दथ्यो| यो बजारलाई जामतोला हाट बजार भनिन्छ|
यसलाई सोमबारे बजार पनि भनिन्थ्यो| चियाबारीहरूको बिचमा पर्ने भएकाले विभिन्न छिमेकी चियाबारीको मानिसहरूले यहॉं बजार गर्ने सुविधा पाइरहेका थिए| जो सोमबारदेखि यो बजार मदारीहाट कृषि मण्डीमा शुरू भयो| व्यवसायीमा अन्योल र मिश्रित प्रतिक्रिया आएको छ| सुरक्षा र व्यवस्थाको हिसाबले सहि भए पनि सबै किन्नेहरू ग्राहकहरू चियाबारी क्षेत्र अनि वन वस्तीबाट आउने गर्छन| उक्त बजारका केही व्यवसायीले नोक्सान हुने चिन्ता व्यक्त गरेका छन्|

About Author

Advertisement