जाबरा एफसी विजयी

photocollage_202372122276826.jpg

२१ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा जाबरा एफसी-ले पेनल्टी शूटआउटमा रोमाञ्चक जीत हासिल गऱ्यो। शुक्रवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा जाबरा एफसी-ले तीनधारेलाई पेनल्टी शूटआउटमा २-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा जाबरा एफसी-बाट बिशालले १०औं मिनट अनि तीनधारेबाट अर्बिनले ५९औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement