जापानमा बर्डफ्लुको प्रकोप

00-1-Bird-Flu

जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न शुरु गरेका छन्। जापानमा बर्डफ्लुको यो १९औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ। पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ। इवातेले तीन किलोमिटर (१.८६ माइल) को परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार कुखुराको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ। संक्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त क्षेत्रबाट बाहिर जानबाट रोकिने छ। बिहीबार इवातेको अर्को फार्म र मध्य आइची क्षेत्रको एक फार्ममा बर्ड फ्लु भाइरसको संक्रमण देखिएको थियो र यसले ती फार्ममा क्रमशः एक लाख २० हजार र एक लाख लाख ४७ हजार कुखुरालाई नष्ट गर्नुपरेको छ। २९ दिसम्बरमा पूर्वी इबाराकीको एक फार्ममा प्रकोप पुष्टि भएको थियो, जसका कारण त्यहाँ १० लाख ८० हजार कुखुरा नष्ट गरिएको थियो।

About Author

Advertisement