टोक्यो: जापानका स्टार टेनिस खेलाड़ी केई निशिकोरीले २०२६ सीजनको अन्तमा सन्न्यास लिनेछन्। निशिकोरी जापानको टेनिस इतिहाससको सबैभन्दा उच्च ऱ्याङकिंग भएको पुरुष टेनिस खेलाड़ी रहेका छन्। उनी विश्वका शीर्ष १० टेनिस खेलाड़ीहरूमा स्थान बनाउने पनि पहिलो जापानी खेलाड़ी रहे। निशिकोरीले गत वर्ष सिनसिनाटी ओपनमा एउटा टूर-लेवल इभेण्टमा हिस्सा लिएका थिए। उनी गत हप्ता जर्जियाको सवानामा एउटा एटीपी च्यालेञ्जर इभेण्टमा खेलेका थिए। निशिकोरीले सोशल मीडियामा शेयर गरिएको एउटा पोस्टमा लेखेका छन्, मैले यस सीजनको अन्तमा पेशादार टेनिसबाट सन्न्यास लिने फसेला गरेको छु अनि आज म यो कुरा घोषणा गर्न चाहन्छु। मलाई वाल्यकालदेखि नै टेनिस खेल्नु मन पर्थ्यो अनि म विश्व स्तरमा खेल्न चाहन्थे। मैले आफ्नो मनमा त्यही सपना लिएर टेनिस खेल्न जारी राखे। एटीपी टूरमा पुग्नु, प्रतिस्पर्धाको सर्वोच्च स्तरमा खेल्नु अनि शीर्ष १०-मा आफ्नो उपस्थिति कायम राख्नु गर्वको कुरा हो। दर्शकहरूले भरिएको एरेनामा खेल्नु अनि त्यहाँको माहोललाई अनुभव गर्नु अविश्वसनीय रह्यो। जीत होस् या हार, यसलाई म कहिले भुल्ने छुइनँ। टेनिसको निम्ति माया अनि म मजबूत खेलाड़ी बन्न सक्नेछु भन्ने विश्वासले मलाई सदा कोर्टमा ल्यायो। यी अनुभवहरूले मेरो जीवनलाई अझ असल बनाउनको साथै त्यसलाई आकार दियो। म परिवार अनि ती सबै प्रशंसकहरू प्रति आभारी छु, जसले मलाई सदा साथ दिए। अब म रहल म्याचहरूका क्षणहरूलाई यादहरूमा संगालेर राख्न चाहन्छु अनि अन्तरम्म लड़ाइँ गर्नेछु। उल्लेखनीय छ, ३६ वर्षीय निशिकोरीले १२ वटा एटीपी टूर खिताब जितेका छन्, जसमा २०१२ र २०१४-मा टोक्योमा घरेलु मैदानमा जितेको २ वटा खिताब सामेल छ। ४५१ वटा टूर लेवल म्याच विजेताले ४ पल्ट (२०१४-१६, २०१८) निट्टो एटीपी फाइनल्समा हिस्सा लिए अनि २ पल्ट (२०१४ र २०१६) सेमिफाइनलमा पुगे। निशिकोरीको निम्ति २०१४ उनको करियरको सबैभन्दा असल साल रह्यो। त्यस साल उनले ४ वटा टूर लेवल खिताब जितेर ५४-१४-को रेकर्ड बनाएका थिए। त्यही सीजनमा निशिकोरी त्यस समयका विश्वका नम्बर १ खेलाड़ी नोवाक जोकोविचलाई सेमिफाइनलमा पराजित गरी यूएस ओपनको फाइनलमा पुगेका थिए। निशिकोरी मियामीमा एटीपी मास्टर्स १००० आयोजनको अन्तिम चारमा पुगेका थिए, जहाँ उनले क्वार्टर फाइनलमा रोजर फेडररलाई पराजित गरेका थिए।










