टोकियो: जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको छ। उनीमाथि शुक्रबार बिहान नारा शहरमा गोली प्रहार भएको थियो। चुनावी प्रचारका क्रममा उनलाई दुई पटक गोली लागेको थियो। आबेको नारा मेडिकल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको थियो। उनलाई भेट्न प्रधानमन्त्री फुमियो किशिदा पुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आबेमाथि भएको आक्रमणलाई अत्यन्तै दुखद भएको बताए। उनले यो आक्रमणबाट आफू दुखी भएको बताए। ‘मेरो प्रार्थना आबे र उनको परिवारसँग छ’, उनले भने। आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरियो। उनको नाम यामागामी तेत्सुया हो। ४२ वर्षीय यामागामी आबेको नीतिबाट असन्तुष्ट रहेको बताइएको छ।







