कोलकाताः राजधानी कोलकाताको प्रसिद्ध जादवपुर विश्वविद्यालयको बालकनीबाट बुधबार राति लडेर पहिलो वर्षमा अध्ययनरत छात्रा सपनादिर कुण्डुका बुबाले हत्याको उजुरी दिएका छन्। उनले जादवपुर पुलिस थानामा दिएको उजुरी पत्रमा होस्टेलमा बस्ने अन्य विद्यार्थीमाथि र्यागिङ र कुटपिट गरेको दाबी गरेका छन्। सपनादीपका बुबाको नाम रामाप्रसाद कुण्डु हो। उनको लिखित उजुरीका आधारमा पुलिसले हत्याको मुद्धा दर्ता गरी अनुसन्धान थालेको छ। हालसम्म १० देखि १५ जना विद्यार्थीलाई पुलिसले सोधपुछ गरेको भएपनि कसैलाई पनि पक्राउ गर्न सकेको छैन। मुख्यमन्त्री ममता ब्यानर्जीले पनि फोन गरेको सपनादीपका बुबाले बताएका छन्। उनले र्यागिङको गुनासो मुख्यमन्त्री समक्ष समेत गरेका छन्। मुख्यमन्त्रीले म तिम्रो छोरा फिर्ता गर्न सक्दिन तर दोषीलाई अवश्य कारबाही हुने आश्वासन दिनुभएको छ। छानबिनका लागि ठोस निर्देशन दिएको छु। यता स्वप्नदीपको शव शुक्रबार दिउँसो उनको बागुलास्थित घरमा ल्याइएको थियो। शव पुगेपछि क्षेत्रमा शोक छायो। घटनाप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन्।











