कोलकाताः जादवपुर विश्वविद्यालयको बंगाली विभागमा प्रथम वर्षका छात्र स्वप्नदीप कुण्डूको ऱ्यागिङ्गका कारण भएको मृत्यु मामिलाका मास्टरमाइन्ड सौरभ चौधरी यस मामिलामा सबैभन्दा पहिला पक्रा परेका हुन्। पुलिसले इलेट्रोनिक दस्तावेजहरूको आधारमा उक्त दाबी गरेको छ। नौ अनि दश अगस्त राति जब स्वप्नदीप होस्टेलको चौथो तलाबाट झरेर छटपटाइरहेका थिए तब सौरभले तत्काल आफुलाई जोगाउन ब्लूप्रिन्ट तयार गर्न शुरू गरेका थिए। उसले जनरल बडीको बैठक बोलाएर सबैलाई पुलिसलाई के भन्नु पर्ने हो त्यो सम्झाए भने व्हाट्सएप ग्रुप पनि बनाए। यो ग्रुपमा ती सबै जनालाई जोडे जसलाई पुलिसले सम्भावित रूपमा सोधपुछको निम्ति बोलाउन सक्थे।
उनी पूर्व छात्र भएर पनि किन होस्टेलमा बसिरहेका छन् भनेर सोध्यो भने आमाको उपचारको निम्ति कोलकाता आउॅंदा बस्छन् भनेर भन्न लगाएका थिए। ऱ्यागिङ्गलाई लिएर के भन्नु पर्ने हो भन्ने विषयमा पनि उनले व्हाट्सएप ग्रुपमा निर्देश दिएका थिए। अन्य सीनियर्सले पनि उसको समर्थन गरेको थियो, जसपछि पुलिसको जॉंचलाई लगातार दिग्भ्रमित गरियो। कोलकाता पुलिस आयुक्त विनीत गोयल स्वयंले पनि दुईपल्ट सौरभसॅंग सोधपुछ गरिसकेको छ भने प्रत्येकपल्ट उनको बयानमा विसंगती पाइएको छ। मामिलामा पक्रा पर्ने सबै १३ जना ऱ्यागिङ्गमा सामेल रहेका थिए र अन्यहरू पनि छन् जसलाई बचाउने प्रयास गरिॅंदैछ। पुलिस अनुसार, सौरभले नै सबै योजना बनाएका थिए।
-हिस










