सिलगढी: जादवपुर विश्वविद्यालयमा एक विद्यार्थीको मृत्यु भएको छ। अखिल भारतीय विद्यार्थी परिषद् सिलगढी शाखाले सिलगढीको हाश्मी चोकमा विरोध प्रदर्शन गरेको छ। बुधबार दिउँसो अनुहारमा कालो कपडा बाँधेर विरोध प्रदर्शन गरिएको हो। यस क्रममा एबीवीपीको सिलगढी शाखाले वामपन्थीहरूको आलोचना गरेको थियो। आन्दोलनकारीले घटनाको गहिरो छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।








