जातीय सांस्कृति र परम्पराको जगेरा गर्न बाघमारा बस्तीमा तिहारको अवसरमा देऊसी कार्यक्रम सम्पन्न

IMG-20241102-WA0258

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा तिहारको अवसरमा सांस्कृतिक देऊसी कार्यक्रम सम्पन्न भएको छ। ग्राम सुधार समिति बाघमारा बस्ती, गोदामटारको आयोजनामा सम्पन्न उक्त कार्यक्रम तिहारको अवसरमा गत 31 अक्टोबरदेखि शुरु भएको थियो भने आगामी 4 नोभेम्बरसम्म चल्ने भएको छ। बाघामारा बस्तीमा वार्षिक रूपमा तिहारको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको साथमा यहाँ तिहारको रमझससितै नेपाली जातीय संस्कृतिलाई जगेरा गर्न हेतु विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरेका छन्। यसपाली पनि बाघामारा बस्तीमा जातीय संस्कृतिलाई जगेरा गर्नलाई खरको घर निर्माण गरेर नाटकीय रुपान्तरको साथमा देऊसी कार्यक्रमको आयोजना गरिएको छ।

यस देऊसी कार्यक्रममा राजु राईको नेतृत्वमा खेलिएको थियो भने सहयोगीहरूमा अर्जुन प्रधान, सचेन्द्र राई, जी राई, रितेस राई सामेल थिए। यसको साथै नाट्य रूपान्तरमा मनकुमार छेत्री, चन्दन लेप्चा, सुक्रिता थामी सुब्बा आदि पनि रहेका छन्।

यसको साथै यहाँ लिङ्गे पिङ्गको पनि व्यवस्था गरेर स्थानीयहरूका लागि मनोरञ्जनको लागि राखिएको थियो।त्यसरी नै नानीहरूका लागि पनि विभिन्न खेलको व्यवस्था गरिएको थियो भने स्थानीयहरूका मनोरञ्जनको लागि तिहारको रमझमको लागि अन्य विभिन्न खेलहरू राखिएको थियो। बाघमारा बस्तीमा संस्कार संस्कृति र जातीय संस्कृति र परम्पराको जगेरा गर्नलाई यस्तो कार्यक्रम आयोजना गर्दै आईरहेका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै बाघमारा गोदामटार ग्राम सुधार समितिको सभापति बिनोद तामाङले तिहारको अवसरमा जातीय संस्कृति र परम्पराको जगेरा गर्नलाई बाघमारा गोदामटार ग्राम सुधार समितिको आयोजनामा जातीय घर निर्माण गरेर नाटकीय रुपान्तरको साथमा देऊसी कार्यक्रम आयोजना गरिएको बताएका छन्। उनले बताए अनुसार तिहारको अवसरमा बाघमारा बस्तीमा तिहारको रमझससितै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको र यो कार्यक्रम आगामी ४ नोभेम्बरसम्म चल्ने भएको जानकारी गराएका छन् । उनले ४ नोभेम्बरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूसितै नृत्य र गायन प्रतियोगिता आयोजना गरिने भएको जानकारी गराएका छन्।

About Author

Advertisement