जलपाईगुडी: आज बिहानदेखि जाडो ह्वात्त बडेर गएको छ।जाडोको प्रभाव जलपाईगुडीमा देखिएको छ। हल्का जाडो हावाका कारण मानिसहरु चिसो महसुस गरिरहेका छन्। आइतबार बिहान पनि कुहिरो लागेको थियो। तर, दिनभर मौसम सफा भएको छ। कुहिरो कम छ तर जाडो धेरै छ। मानिसहरु हिउँदे लुगा लगाएर सडकमा निस्कन थालेका छन्। उत्तर बंगालमा जाडोको तापक्रम क्रमशः बडदै गएको छ।मौसमविदका अनुसार जाडो अझै बडने सम्भावना छ।










