जाङ्पो शेर्पा राज्यका अतिरिक्त महाअधिवक्ता नियुक्त

Screenshot_20230412_234555_Facebook.jpg

गान्तोकः वरिष्ठ अधिवक्ता जाङ्पो शेर्पालाई सिक्किमका अतिरिक्त महाअधिवक्ताको रूपमा नियुक्त गरिएको छ। राज्यको कानून एवं संसदीय मामिला विभागका सचिवले यसबारे हिजो ११ अप्रेलको दिन एक अधिसूचना जारी गरेर प्रष्ट पारेका छन्।

जानकारी गराइन्छ, गत १३ जनवरी २०२३-को दिन सर्वोच्च न्यायालयले एउटा मामिलाको पर्यवेक्षण खण्डमा सिक्किमेली मूलका नेपाली जनसमुदायलाई विदेशीको कलंक लगाउने कार्य भएपछि राज्यमा सिर्जना भएको माहौललाई ध्यानमा राखेर १ फरवरी २०२३-को दिन त्यसताकका सिक्किमका अतिरिक्त महाधिवक्ता सुदेश जोशीले आफ्नो पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। प्राप्त जानकारी अनुसार, सिक्किमका नवनियुक्त अतिरिक्त महाअधिवक्ता एडभोकेट अन् रेकर्ड परीक्षा उतीर्ण गर्ने राज्यबाट पहिलो अधिवक्ता हुन्।

About Author

Advertisement