खरसाङ: प्रतिष्ठित नाट्य संस्था जागृति परिवार, खरसाङको स्वर्ण जयन्ती समारोहको कार्यक्रम २६ अगस्तको दिन तय हुने भएको थियोl केहि अपरिहार्य कारणवश यस कार्यक्रमलाई स्थगित गरेर आउँदो महिना २ सेप्टेम्बर दिन गोर्खा जन पुस्तकालय खरसाङमा बिहान ११ बजे आयोजना हुने जागृति परिवारकी सदस्य सबिता मंगरातीले जानकारी दिएकी छिन्l यता मतिगढामा भएको बालिका हत्याकाण्डको पनि जागृति परिवारले घोर भर्त्सना गर्दै दोषीलाई कडा कानुनी सजाय हुनुपर्छ भन्ने बताएको छl











