जागृति क्याब ड्राइभर्स वेलफेयर एसोसिएशनको आयोजनामा फुटबल टुर्नामेन्ट सम्पन्न

IMG-20240910-WA0300

सोनादा: वर्षभरि गाड़ी कुदाएर जीवन यापन गरिरहेका सोनादा क्षेत्रका चालकहरूको संगठन जागृति क्याब ड्राइभर्स वेलफेयर एसोसिएशनको आयोजनामा वार्षिक रूपमा फुटबल टुर्नामेन्ट आयोजना गर्दै आइरहेको छ। वर्षभरि पेसेञ्जरहरू, पर्यटकहरू बोकेर कुदिरहेका छन् चालकहरू। वर्षमा एकपल्ट चालकहरूको शारीरिक स्वास्थ्य र फिटनेसको लागि फुटबल टुर्नामेन्ट पनि आयोजना गर्दै आईरहेका छन्। यसको साथै यस एसोसिएशनले विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आईरहेका छन्। यस एसोसिएशनले विगत टिस्टा बाढ़ पिढीतहरूलाई सहयोग गर्ने कार्य पनि सम्पन्न गरेका थिए। सन् २०१६ मा स्थापना भएको जागृति क्याप ड्राईभर्स एसोसिएशनले विगत पाँच वर्षदेखि लगातार रुपमा फुटबल टुर्नामेन्ट आयोजना गर्दै आईरहेको छ। ५४ जना सदस्यहरू रहेको यस एसोसिएशनले यसपाली पनि फुटबल टुर्नामेन्ट आयोजना गरेको थियो। विशेष गरेर चालकहरू केवल गाड़ी चलाउनु मात्र होइन तर चालकहरूमा पनि विभिन्न प्रतिभाहरू रहेको कुरा सर्वविदितै छन्। चालकहरूमा फुटबलप्रतिको माया र आकर्षण झनै उच्च रहेको छ। यसै क्रममा सोनादा क्षेत्रको भालुटार खेल मैदानमा भएको उक्त फुटबल टुर्नामेन्टको फाइनल खेल खोपी डाँड़ा मानेभञ्ज्याङ र दार्जिलिङ लक्जरी क्याब ड्राईभर्स एसोसिएशनमाझ सम्पन्न भएको छ। यस फाईनल खेलमा खोपी डाँड़ा मानेभञ्ज्याङले ४-२ गोलको अन्तरले खेल जित्न सफल भएका थिए। यस फाईनल खेलमा मुख्य अतिथिको रूपमा कार्यकारी सभासद अनोश थापा अनि विशिष्ट अतिथिहरूमा पञ्चायत समिति सहकारी समिति मनखुस राई, अप्पर सोनादा ग्राम पञ्चायतको प्रधान दावा शेर्पा, उप प्रधान हेमन्त गुरुङ, लोवर सोनादा ग्राम पञ्चायत प्रधान बैजन्ती तामाङ, उप प्रधान थिलेन लामा, पञ्चायत समिति सदस्यहरू बबिन्द्र राई, सुमन बम्जन, दार्जिलिङ लक्जरियस ट्याक्सी एसोसिएशनको सभापति रिन्जी शेर्पा, खोपी डाँड़ा मानेभञ्ज्याङ ट्याक्सी एसोसिएशनको सभापति रामु अग्रवाल, आशिष सुब्बा लगायत अन्यहरू उपस्थित रहेका थिए। यस फुटबल फाइनल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सञ्जय छेत्रीले चालकहरू केवल गाड़ी कुदाउनु मात्रै होइन तर विभिन्न प्रकारले प्रतिभाद रहेको र फुटबलप्रति लगाव रहेको बताएका छन्। उनले चालकहरूलाई लिएर लक्जरी क्याब ड्राईभर्स एसोसिएशनले वार्षिक रूपमा अन्तर चालक फुटबल टुर्नामेन्ट आयोजना गर्दै आईरहेको र यसपाली पनि उक्त प्रकारको फुटबल टुर्नामेन्ट आयोजना गरेको बताएका छन्। उनले यस फुटबल टुर्नामेन्टमा सहयोगको लागि जीटीए प्रमुख अनित थापा र क्षेत्रीय सभासदप्रति सबैको पक्षमा आभार प्रकट गरेका छन्।

About Author

Advertisement