गान्ताेक: मुख्यमन्त्री का राजनीतिक सचिव एवं सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का एक वरिष्ठ नेता जाकोप खालिङ राईले प्रख्यात तीरन्दाज, अर्जुन पुरस्कार तथा पद्मश्री सम्मानबाट सम्मानित तरुणदीप रायलाई उनको जन्मदिनको अवसरमा आफ्नै निवासमा भेटेर हार्दिक स्वागत गर्न पाउनु साँच्चै नै गौरव र खुशीको क्षण थियो भने।
प्राप्त जानकारी अनुसार श्री खालिङले तरुणदीपको समर्पण, अनुशासन र उल्लेखनीय उपलब्धिहरूले केवल उदीयमान खेलाडीहरूलाई मात्र होइन, उत्कृष्टता र दृढताप्रति सम्मान राख्ने सबैलाई निरन्तर प्रेरणा दिइरहेको छ भने। साथै तरुणदीपलाई सुस्वास्थ्य र निरन्तर सफलताले आगामी दिनहरूमा अझ धेरै उपलब्धिहरू प्राप्त होस् भनि हार्दिक शुभकामना व्यक्त गरे।










