जस्टिन बीबर बने बुवा

Justin-

लस एन्जलस: जस्टिन बीबरकी श्रीमती हेली बीबरले छोरालाई जन्म दिएकी छन्। दम्पतीले शनिबार सो जानकारी दिएका हुन्। जस्टिन (३०) ले छोरा ज्याक ब्लुज बिबरको जन्मको जानकारी सोसल मिडिया प्लेटफर्म इन्स्टाग्राममा पोस्ट गरेका छन्। पोस्ट गरिएको फोटोमा हेलीको हात र नवजात शिशुको खुट्टा देखिन्छ। हेली (२७) ले आफ्नो इन्स्टाग्राम स्टोरीमा पोष्ट पुन: सेयर गरिन्। जस्टिन ‘लभ मी’, ‘सोरी’, ‘यम्मी’ र ‘पीचेस’ जस्ता गीतहरूका लागि परिचित छन्, जबकि हेली एक मोडल हुन् जस्टिन र हेलीले २०१८ मा विवाह गरेका थिए।

About Author

Advertisement