जसले आपदाको समय आएर केही गरेन उसले अहिले आएर दोषारोपण लगाउनु ठीक होइन र दोषारोपणको खेल बन्द गर्नुपर्छ: अनित थापा

IMG-20240615-WA0275.jpg

कालेबुङ: जसले आपदाको समय आएर केही गरेन उसले अहिले आएर यो भएन, यो गरेन, त्यो गरेन भनेर दोषारोपण लगाउनु ठीक होइन र दोषारोपणको खेल बन्द गर्नुपर्छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाले बताएका छन्। उनले आज टिस्टा बाढ विषयमा आफ्नो प्रतिक्रिया दिन्दै भने, ‘जबसम्म टिस्टा नदीमा जमा भएको सिल्ट अनि बालुवा निकाल्नु सकिन्न तबसम्म टिस्टाको समस्या समाधान हुनु धेरै समय लाग्नेछ। केन्द्र सरकारले सिल्ट अनि बालुवा निकाल्नु अनुमति दिनुपर्छ।हामीले टिस्टामा तत्कालीन राहत कार्य हाम्रो निजी खर्चबाट गरेका थियौँ। राज्यले घोषणा गरे अनुसार हामीले राहतको कुनै पैसा पाएनौं। केन्द्र सरकारबाट पनि केही पाएनौं। टिस्टा अनि रम्फुमा हामीले जे जति राहत कार्य गर्यौ, सभासद, संस्था अनि हामी सबै मिलेर आफ्नो खर्च अनि योगदानमा गरेका हौ। जीटीएको खर्चमा राहत कार्य भएको होइन।”
जीटीए प्रमुख अनित थापाले अघि भने, ‘राज्यले आफ्नो पोलिसी अनुसार दिने ७५ हजार रूपियाँ सबै पीडितले पाईसकेको छ। एनएचपीसीबाट पाउने पम्पनसेशनकाे पहल सुरु भएको छ। राजु विष्टलाई फेरि सांसद बनाएर पठाईसकेको छ जनताले। अब उसले पनि काम गर्नु पर्यो। दोषारोपणको खेल मात्र नखेलौ। दोष लगाउने खेल बन्द गर्नुपर्छ। मलाई अनि राज्य सरकारलाई गाली गरेर टिस्टाको समस्या समाधान हुँदैन।’
अनित थापाले अझ भने, राज्य सरकारले आफ्नो दायित्व अनुसार काम गरी नै रहेको छ। बाटो खोल्ने काम राज्य सरकारले गरेको हो। म सबै मिलेर काम गरौं भन्ने पक्षको व्यक्ति हुँ। जीटीएले टिस्टाको बाढलाई आपदा घाेषणा गर्नु कुनै कसर छोडेन। राज्यको मन्त्री समेतलाई मैदानमा ल्यायौं। राज्य सरकारले यसलाई आपदा घोषणा गरेन भने म के गर्नु सक्छु? राज्यले त आपदा घोषणा गरेन अनि केही दिएन। केन्द्रले पनि देखेको नै हो। केन्द्रले आफ्नो दायित्व त निभाउनु पर्ने हो। भाजपालाई यसपालीसम्म भोट दिएर जिताएको 20 वर्ष भयो। केन्द्रले राज्य अनि जीटीएमार्फत् केही नगरोस। तर केन्द्रको अनेकौं योजनाहरू सिधै लाभार्थीको ब्याङ्क खातामा जम्मा गर्नु सक्छ यदि केन्द्र अनि राजु विष्टले चाह्यो भने। ज्यान माल बचाउनु मान्छेहरूले घर छोडेर सुरक्षित ठाउँमा बस्नुपर्छ।’

About Author

Advertisement