जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः मेवरिक स्पोर्टिंग क्लब विजयी

IMG-20230703-WA0352.jpg

३ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन मेवरिक स्पोर्टिंग क्लबले आफ्नो म्याच जित्यो। दार्जीलिङको लेबोंग स्टेडियममा सोमवार खेलिएको म्याचमा मेवरिक स्पोर्टिंग क्लबले युनाइटेड भूटिया बस्ती फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट दुवै गोल नोरसांग लामाले गरे। म्याचमा रेफरीको भूमिका छेडुप यल्मोले निर्वाह गरेका थिए। यसरी सहायकको भूमिकामा जीवन छेत्री र प्रज्ज्वल राई रहेका थिए।

यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement